प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना, अवस्था सामान्य

अखबार हब
२०८१ मंसिर ८, शनिबार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री ओलीले अस्पतालमा बुबालाई भेटेको फोटो फेसबुकमा पोस्ट गर्दै बुबालाई काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले बुबालाई फोक्सोसम्बन्धी समस्या भएर उपचार भइरहेको र अहिले स्वास्थ्य स्थिति सामान्य रहेको पनि उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*