लागुऔषध गाँजासहित हेटौंडाका रुम्बा पक्राउ

अखबार हब
२०८१ असार १४, बिहीबार २१:१७

मकवानपुर । गएराति मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ सामरी पुल नजिकैबाट एक जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं.४ बस्ने ५१ वर्षीय पुर्ण बहादुर रुम्बालाई प्रहरीले पक्राउ गरेको हो ।

बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा आज (विहिबार) बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ट्रक र ट्रक चालक रुम्बालाई नियन्त्रणमा लिएको हो ।

ट्रकलाई चेकजाँच गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अबस्थामा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*