डढेलोका कारण मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख

अखबार हब
२०८१ बैशाख २४, सोमबार ०८:०७

हेटौंडा । वनमा लागेको डढेलोका कारण मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख राहत दिईने भएको छ ।

आईतवार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले डढेलोका कारण मृत्यु भएका ललितपुरका दुई जना र रामेछापका एक जनालाई जनही १–१ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसैगरी प्रदेश सरकारले संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) का अध्यक्षको कार्यकाल लम्ब्याउन उच्च शिक्षा ऐन, २०७८ संशोधनको तयारी गरेको छ ।

प्रदेश सरकारका सबै विश्वविद्यालय छुट्टाछुट्टै संरक्षक समितिको ढाँचामा सञ्चालन हुने कानुनी व्यवस्था छ । ऐनले समितिलाई विश्वविद्यालयको उच्च व्यवस्थापकीय अंगको रूपमा लिएको छ ।

बैठकले अध्यादेशबाट उच्च शिक्षा ऐन, २०७८ संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारले बागमती विश्वविद्यालय स्थापनाको तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*