शिवम् सिमेन्टको लापरबाही नरोकिएको भन्दै रास्वपाको विरोध

अखबार हब
२०८१ बैशाख २१, शुक्रबार १९:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ स्थित शिवम् सिमेन्ट उद्योगको लापरबाही नरोकिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मकवानपुरले विरोध जनाएको छ ।

उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि स्थानिय आक्रोसित बनेका थिए । स्थानीयको विरोध पछि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सुधारका लागि उद्योगलाई सात दिने अल्टिमेटम दिएको थियो ।

मेयरलामाले दिएको एक हप्ताको समय सिमा सकिनै लाग्दा पनि उद्योगले र स्थानीय जनप्रतिनिधिले सुधारमा खासै वास्ता नगरेको भन्दै रास्वपा जिल्ला सभापति भरत पराजुलीले विरोध जनाएका हुन् । शुक्रबार समाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– हेटौंडामा संचालित शिवम सिमेन्ट उधोगले जनताको स्वास्थमा चरम लापरबाही गर्दासमेत जनप्रतिनिधि मुखदर्शक बनिरहेका छन् । उधोगले डम्पिङ साईडमा राखेको प्लास्टिक बालेर आफ्नो उत्पादन गर्दा वरपरका समुदायमा प्रत्यक्ष असर पारिरहेको छ ।

उद्योग बाट निस्केको,धूलो, धुँवा र ध्वनिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, १६ र १७ का बासिन्दाको जनजीवन कष्टकर बनिरहेको भन्ने गुनासो पार्टी कार्यालमा आइरहेको उनको भनाई छ ।

जनताको त्यस किसिमको गुनासो प्रती रास्वपा जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको र चाडो भन्दा चाडो समस्या समाधानमा उद्योग नलागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

उद्योगले भने क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्न केही कम गरे पनि फोहर र धुलो भने कम नभएको स्थानिय दामोदर दहाल बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*