प्रदेशका उद्योग मन्त्री श्रेष्ठ र संघीय भूमी व्यवस्था मन्त्री अधिकारीबीच भेटवार्ता

अखबार हब
२०८१ बैशाख ९, आईतवार २१:०२

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ र संघीय सरकारका भूमी, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी बीच भेटवार्ता भएको छ ।

आइतबार संघीय मन्त्री अधिकारी र प्रदेशका उद्योग मन्त्री श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा देश आर्थिक मन्दीले थलिएको अवस्थामा भूमी व्यवस्था र सहकारीको समस्या न्यूनीकरणको बिषयमा छलफल भएको थियो ।

प्रदेशका उद्योग मन्त्री श्रेष्ठले भूमीको समस्या समाधान गर्नका लागि संघीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*