मन्त्री श्रेष्ठद्वारा ज्ञानदा माविको ३ तले भवन शिलान्यास

अखबार हब
२०८० चैत्र २७, मंगलवार २०:३१

मकवानपुर । हेटौंडा १० मा रहेको ज्ञानदा माध्यामिक विद्यालयको तीनतले भवन निर्माणको शिलान्यास गरिएको छ ।

१८ कोठा रहेको तीन तले भवनको बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले शिलान्यास गर्नुभयो ।

भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले भवनको निर्माणसङ्गै शिक्षाको गुणस्तर र बिध्यार्थी संख्या वृद्धिमा विशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो ।

२०२८ सालमा स्थापित विध्यालयको अहिलेसम्म आफ्नै जग्गा हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउदै मन्त्री श्रेष्ठले विध्यालयले जग्गा प्राप्तिको लागि खोजी गर्नुपर्ने बताउनुभयो । हेटौंडा बजारको बिचमा रहेको यस बिध्यालयको सबै मिलेर जगेर्ना गर्नुपर्ने भन्दै मन्त्री श्रेष्ठले-‘ अहिले बिध्यार्थी संख्या कमिभएका थुप्रै विध्यालयहरु अरु बिध्यालयमा मर्ज भै रहेका छन् । ५ दशकअघि स्थापित इतिहास बोकेको ज्ञानदाको जगेर्ना गर्न आवस्यक छ ।’ उहाँले भन्नुभयो ।

भुकम्पले क्षती पुर्याएको बिध्यालयको सुबिधासम्पन्न भवन निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

विध्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा लामा, वडा सदस्यहरु, गोरक्षेश्वर संस्कृत विध्यालय व्यवस्थापन समितीका अध्यक्ष रामकृष्ण थापा, भुटनदेवी मन्दिर समितिका अध्यक्ष राममान श्रेष्ठ लगाएतको उपस्थिति थियो ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग कुल १ करोड ६३ लाख रुपैयाँको लागतमा सुरु भएको विध्यालयको निहारिका जेभीले निर्माणको ठेक्का पाएको छ । २०८० पुष २० गते निर्माण सम्झौता भएको बिध्यालय निर्माणकार्य २०८१ पुस १९ गतेभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*