विद्युतको लाइन सर्ट भएर नारायणी कलेजमा आगलागी

अखबार हब
२०८० चैत्र १३, मंगलवार १९:४६

मकवानपुर । विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी भएको छ ।

हेटौंडा उपमहानगरपालिका- १०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आज साँझ ५ बजेर २५ मिनेटको समयमा कलेजमा आगलागी भएको हो। आगलागीबाट एक कोठा बराबरको जस्तापाताको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*