बकैयामा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

अखबार हब
२०८० चैत्र १३, मंगलवार १०:३०

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ गोठखोला स्थित धरान९चतरा सडक खण्डमा कारको ठक्करबाट घाइते भएका साइकल यात्रीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

हात्तिसुडेबाट गरगरे तर्फ आउदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नंबरको कारले गरगरेबाट हात्तिसुडे तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा साईकल यात्री स्थानीय ११ वर्षिय निशान बानियाको उपचारको क्रममा हटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कार चालक भरतपुर महानगरपालिका १० बस्ने सारदा सुवेदी प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*