चन्द्रागिरिले १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नगरवासीलाई न्यूनतम रोजगारमा संलग्न गराउने

अखबार हब
२०८० फाल्गुन १, मंगलवार १२:०१

थानकोट। काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रमा रहेका न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका नगरवासीलाई रोजगारमा संलग्न गराउने भएको छ । सोमबार एक सूचना जारी गर्दै नगरले स्वरोजगारमा संलग्न नभएका बेरोजगार नागरिकले न्यूनतम रोजगारमा संलग्न हुन दखास्त आह्वान गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ का लागि न्यूनतम रोजगारमा संलग्न हुन चाहने १८ वर्ष देखि ५९ वर्ष उमेर समुहका नागरिकले न्यूनतम रोजगारका लागि निवेदन दिन सक्ने बताइएको छ।

चन्द्रागिरि नगरमा न्यूनतम रोजगारमा संलग्न हुन चाहनेहरूले नेपाली नागरिकताको प्रमाणपत्रको छायाँप्रति, पासपोर्ट साइजको फोटो,  तथा स्थायी रुपमा बसोबास गरेका कागजातका छाँयाप्रति सहित सम्बन्धित वडा कार्यालय मार्फत सूचीकृत हुन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए।

इच्छुकले फागुन मसान्तसम्म नाम दर्ता गराउन समेत प्रमुख प्रशासकीय अधिकृत अर्यालले अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*