हेटौंडामा यात्रुवाहक बस पल्टियो
मकवानपुर। हेटौंडा–६ पुतलीबजार स्थित धरात चतरा खडक खण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
आज (बुधबार) बिहान ९ बजे फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना३ ख ५३०३ नम्बरको यात्रुवाहक बस पुतलीबजारमा पल्टिएको हो ।
विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिने क्रममा धरानचतरा सडकखण्ड अन्तर्गत पुतलीबजार पुल नजिकको साघुरो बाटोको कारण बस दुर्घटना भएको बताइएको छ।
बसमा १५ जना यात्रु रहेका थिए । दुर्घटनामा यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।







