मकवानपुरकी ठुलीमाया आफ्नै घरमा मृत फेला
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ फुर्के बस्ने ठुलीमाया रुम्बा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
मंगलबार दिनको ४ बजेको समयमा अन्दाजी ५५/६० वर्षीय रुम्बा आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लास पोष्टमाटमका लागि टिचिङ अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







