मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशको अध्यक्षमा महम्मद समिम

अखबार हब
२०८० पुष २९, आईतवार १४:१५

मकवानपुर। नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेश अध्यक्षमा मकवानपुरका महम्मद समिम निर्विरोध निर्वाचित भएका छन् । हेटौंडामा भएको प्रथम अधिवेशनबाट समिमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्माण भएको छ ।

संगठनको उपाध्यक्षमा निसारुद्दिन मिया, मजित सिद्धिकी, सचिवमा रहिमुद्दिन मिया तथा सह सचिवमा जुबेर मिया चयन भएको आयोजक कमिटीले जनाएको छ । अध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै समिमले बागमती प्रदेशमा राम्रो उपस्थिति रहेको मुस्लिम समुदायको हक अधिकार स्थापित गर्न आफू लागिपर्ने बताए ।

नेपालको सन्दर्भमा पछि परेको मुस्लिम समुदायलाई मूलधारमा ल्याउन बागमती प्रदेश कमिटीले भूमिका खेल्ने उनको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*