नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रदेश अधिवेशन हेटौंडामा
मकवानपुर । नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशन हेटौंडामा हुने भएको छ ।
भोलि (शनिबार) हेटौंडामा प्रतिनिधि सभा सदस्य एवम् नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष श्रीराज फारुखीको प्रमूख आतिथ्यतामा अधिवेशन हुने नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय सदस्य सचीव तथा मकवानपुर इन्चार्ज समिम खानले जानकारी दिए ।
नेकपा एमालेको विचार सिद्वान्त र अग्रगामी भूमिकाहरुलाई समूदायसम्म पुर्याउने र समूदायका समस्याहरुलाई केलाएर राज्यसत्तासम्म पुर्याउन पहल गर्ने संगठनको उदेश्य रहेको संगठनका केन्द्रीय अध्यक्ष श्रीराज फारुखीले बताए । उनका अनुसार यस संगठनमा ७५ सदस्यीय कमिटी र्निमार्ण गर्ने विधान रहेता पनि कति संख्याको सदस्यीय प्रदेश कमिटि गठन गरिने भन्ने कुरा अधिवेशनमानै तय हुनेछ ।
त्यस्तै राजनीतिक, आर्थिक, सामाजिक लगाएत हरेक क्षेत्रमा मुस्लिम समुदाय पछाडि रहेको र उनीहरुको जीवनस्तर उकास्न यस संगठनले अग्रगामी भूमिका निभाउने विश्वास लिएको केन्द्रीय अध्यक्ष फारुखीको भनाई थियो ।
संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष श्रीराज फारुखी, केन्द्रीय उपमहासचिव तथा संगठन विभाग प्रमुख जगुल मिया, केन्द्रीय सदस्य सफिक मिया, जिल्ला उपाध्यक्ष नकुल अन्सारी, नगर अध्यक्ष मुस्तुफा अन्सारी लगाएतको उपस्थिति रहेको थियो ।
अधिवेशनमा करिब १ सय प्रतिनिधि सहभागी रहने जनाइएको छ ।







