हेटौंडा ३ मा निःशुल्क स्वास्थ्य शिविर

अखबार हब
२०८० पुष २४, मंगलवार १३:५१

मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । बसामाडी स्वास्थ्य चौकी हेटौडा–३ को आयोजना तथा ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

स्वास्थ्य शिविरमा सुगर तथा प्रेसर चेकजाँच, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षाका साथमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । बसामाडी स्वास्थ्य चौकीमा भएको शिविरमा वडामा बसोबास गर्ने ४० जनाले इसीजी सेवा, ८० जनाले सुगर चेकजाँच सेवा र २ सय १५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएको स्वास्थ्य चौकी प्रमुख सुष्मा गौतमले जानकारी दिइन् । शिविरमा निःशुल्क औषधीको सेवा समेत उपलब्ध गराइएको थियो ।

शिविरमा ३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापा, वडा सदस्य हर्क बहादुर पाख्रिन, वडा सचिव महेन्द्र चापागाई, स्वास्थ्य चौकी ब्यबस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*