बालकुमारी घटनाको विरोधमा रास्वपाले आज हेटौंडामा विरोध प्रर्दशन गर्ने
मकवानपुर । राष्ट्रीय स्वतन्त्र पार्टी मकवानपुरले आज हेटौंडामा विरोध प्रर्दशन गर्ने भएको छ ।
शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलीलागि एक युवको मृत्यु भएको थियो भने अर्का युवकको प्रहरीले हानेको बन्दुकको कुन्जाले छातिमा लागेर मृत्यु भएको थियो ।
सोहि घटनामा सरकारले बल प्रयोग गरेर बेरोजगार युवालाई मारेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आज दिउँसो हेटौंडामा विरोध प्रर्दशन गर्न लागेको जिल्ला सभापति भरत पराजुलीले बताए ।
प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको गृहमन्त्रीको राजिनाममा माग गर्दै जिल्ला पार्टी कार्यालयबाट पर्चा,ब्यानरसहित विरोध र्याली हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोक सम्म निकालीने पराजुलीले बताए । घटनाको सरकारले यथोचित सम्बोधन नगरे विरोध प्रर्दशनको कार्यक्रम थप सशक्त रुपमा अघि बढाइने उनको भनाई छ ।







