बालकुमारी प्रदर्शन : गोली लागेर दुई जनाको मृत्यु

अखबार हब
२०८० पुष १३, शुक्रबार १६:३९

काठमाडौं। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उनको भनाइ छ ।

उनले प्रदर्शनीको क्रममा घाइते भएकाको उपचारका क्रममा निधन भएको जानकारी दिए। गोली लागेर दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*