मोर्डन युथको नेतृत्वमा पुनः उप्रेती
मकवानपुर । मोर्डन युथ क्लब मकरीको अध्यक्षमा पुनः विशाल उप्रेती निर्वाचित भएका छन् । शनिबार भएको क्लबको ७ औं साधारण भेलाले उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको गरेको हो ।
क्लबको उपाध्यक्षमा डिवि अर्याल, सचिवमा रामगोपाल पराजुली, कोषाध्यक्षमा श्यामप्रसाद न्यौपाने निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रविन सुबेदी, प्रकाश बर्तौला, लक्ष्मण बर्तौला र नितुमाया थिङ्ग निर्वाचित भएका छन् । साथै क्लबको सल्लाहकारमा गणेशप्रसाद बर्तौला, सरोज गुराँगाई, भोलानारायण तिमल्सिना, रामकुमार उप्रेती र राममणि न्यौपाने चएन भएका छन् ।
क्लबका अध्यक्ष विशाल उप्रेतीको सभाध्यक्षतामा भएको भेलामा श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा गणेश बर्तौला र सरोज गुराँगाईंको विशिष्ट आतिथ्यता रहेको थियो भने श्यामप्रसाद न्यौपाने, सूर्यबहादुर पराजुली, रामकुमार उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।







