टोलसरसफाई अभियानमा मोर्डन युथ क्लब

अखबार हब
२०८० मंसिर ९, शनिबार १८:१४

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थिति मोर्डन युथ क्लबले टोलसरसफाई कार्यको थालनी गरेको छ ।

टोलवासी तथा जनप्रतिनिधिको सहकार्यमा शनिवार वडाको चुरिमाई मन्दिर देखि कृष्ण मन्दिर, राममन्दिर हुँदै वडा कार्यालय सम्म सरसफाई गरिएको हो ।

“हाम्रो वडा राम्रो वडा भन्ने अभियानसहित वडाको सरसफाईमा लागेको क्लवका अध्यक्ष विशाल उप्रेतीले जानकारी दिए ।

सरसफाई कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल, क्लवका सचिव डिवि अर्याल, कोषाध्यक्ष श्यामप्रसाद न्यौपाने र सोही वडाका सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर पराजुली , क्लबका सल्लाहकार रामकुमार उप्रेती लगायत वडाका समाजसेवि, युवा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*