हेटौंडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४३ वर्षीया गोपिनी बिक रहेकी छन् ।
धरान चतरा सडकखण्ड अन्तर्गत शुक्रबार साँझ ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गरेकी पैदलयात्री बिकलाई ठक्कर दिएको थियो ।
स्कुटरको ठक्करबाट गम्भीर घाईते भएकी गोपिनीको हेटौंडा अस्पतालमा उपचारको क्रममा ६ बजेर ४६ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्कुटर चालक हेटौंडा–१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।







