प्रेस युनियन मकवानपुरद्वारा प्रकाशित “विचार यात्रा” नामक स्मारिका विमोचन
मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले नेपालीहरुको महान पर्ववडा दसैं शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको सभाध्यक्षता एवम् तथा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्घ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि लामाले चाडपर्वको नाममा हुने देखासेखीपन, तडकभडक कम गरी आर्थिक भारलाई सहज बनाउने तरिकाले दशैँ मनाउनुपर्नेमा जोड दिए ।
साथै सो क्रममा युनियन मकवानपुरद्वारा प्रकाशित “विचार यात्रा” नामक स्मारिका विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व कार्यबाहक सभापति विष्णु लामिछाने, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर १ का वडाध्यक्ष सविन न्यौपाने, प्रेस युनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन बिडारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन, सञ्चारिका समूह, मिडिया नेपाललगायत पत्रकारसम्वद्ध विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







