सतोरियो कराते संघको सल्लाहकारमा महत

अखबार हब
२०८० आश्विन ३०, मंगलवार १७:४२

मकवानपुर । नेपाल सितोरियो कराते संघ जिल्ला समिति मकवानपुरको सल्लाहकारमा बिशालराज महत मनोनित भएका छन् ।

सितोरियो कराते संघको मंगलबार बसेको बैठकले हेटौंडा–५ निवासी महतलाई बरिष्ठ सल्लाहकारमा मनोनित गरेको हो ।

संघका अध्यक्ष दामोदर दाहालको अध्यक्षतामा बसेको बैठकमा हेटौंडा उपमहानगरपालिकाको निर्वतमान प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकको विषेश अतिथिमा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, अतिथिहरुमा प्रशिक्षक सुरेन्द्र श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, मुकुन्दमान श्रेष्ठ, बिष्णुभक्त लामा लगायत नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*