भोलीबाट मनहरीमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा भोलीबाट प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूथ क्लब मकरीले मनहरी गाउँपालिका स्तरीय नकआउट भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा बिजय हासिल गर्ने समुहले २५ हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने छन् भने उपबिजेताले १० हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष बिशाल उप्रेतीले जानकारी दिए ।
यसैगरि उत्कृष्ट खेलाडीलाई तीन हजार नगदसहित मेडल र प्रमाणपत्र साथै विधागत रुपमा अन्य खेलाडिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
मनहरी–१ मकरीमा रहेको श्रीबाल जीवन ज्योतिको प्रङ्गनमा हुने खेलको फाईन प्रतियोगिता असोज ३ गते दिनको ३ बजे हुनेछ । समुह दर्ता शुल्क दुई हजार ५ सय तोकेको छ भने खेलाडी मनहरी गाउँपालिका भित्र आ–आफ्नो वडा बाट खेल्नु पर्ने आयोजकले जनाएको छ । त्यस्तै सोमबारनै आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ ।
खेल तालिका








