सरकार खोज्ने बेला आएको छ – पौडेल

अखबार हब
२०८० आश्विन २७, शनिबार १५:५०

मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको अवस्थामा सरकार कहाँ छ भनेर खोज्ने बेला भएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिवार हेटौंडामा आउँदै गरेको चार्डपर्बका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले संघीय सरकार र प्रदेश सरकारले केही काम पनि नगरेको र सरकार खोज्ने बेला आएको बताएका हुन् । देश अहिले आर्थिक रुपमा संकटमा परेको समयमा सरकार कतै नभेटिएको उनको आरोप छ ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले सरकारले नागरिका लागि कुनैपनि काम नगरेको आरोप लगाएका छन् ।

मदनभण्डारी फाउनडेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले आउँदै गरेका चार्डपर्बले सबैमा सुख, शान्ति र समृद्धीको कामना समेत व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा मकवानपुरका बिभीन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, बिभीन्न सरकार तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, कानून व्यावसायी, प्राध्यापकहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*