मञ्जुश्री साकोसको नेतृत्वमा पुनः तामाङ

अखबार हब
२०८० आश्विन २१, आईतवार १०:०९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ बदेलधापमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चन्द्रा देवी तामाङ चयन भएकी छिन् ।

शनिबार भएको साकोसको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेसन बाट पुनः चन्द्रा देवी तामाङको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । उपाध्यक्षमा बसन्ती थिङ, सचिवमा श्रीराम गोले तामाङ, कोषाध्यक्षमा विमला लामिछाने चयन भएका छन् ।

यसैगरी संस्थाको सदस्यहरुमा कमला थिङ, पविता भण्डारी, विमला भोम्जन, दुर्गा गोले, सुजीता लामा रिमाल चयन भएका छन् ।

सभाले लेखा समितिको संयोजकमा श्रीमाया थिङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चमेली लामा र सावित्री धिमाल चयन भएको निर्वाचन समितिका संयोजक वीरेन्द्र प्रसाद ढुङ्गानाले बताए । तामाङको नेतृत्वमा बनेको समितिले ४ वर्ष संस्थाको नेतृत्व गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*