८० लाख लगानीमा हेटौंडामा वृन्दावन
मकवानपुर । साहाकारी उपभोक्तालाई मध्यनजर गर्दै हेटौंडा–१० मेनरोडमा वृन्दावन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । करिब ८० लाख लगानी रहेको रेष्टुरेन्ट आज एक औपचारीक कार्यक्रमको आयोजना गरि सञ्चालमा ल्याएको हो ।
विश्व हिन्दु महासंघ मकवानपुरका अध्यक्ष उत्तम शर्मा ढकाल र कृष्ण प्रणामी मन्दिर हेटौंडका पण्डीत कृष्ण प्रसाद तिमल्सीनाले संयुक्त रुपमा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।
साहाकारी उपभोक्तालाई मध्यनजर गरि सञ्चालनमा ल्याइएको रेष्टुरेन्टमा कलन बिना नै मिठाई बनाएर विक्रि गरिने सञ्चालक सागर उप्रेतीले बताए । हेटौंडामा नै पहिलो पटक साद्विक खाना(लसुन, प्याज,बेसार रहित) छुट्टै भाडामा पकाएर विक्रि गरिने उप्रेतीले जानकारी दिए ।
विवाह, ब्रतबन्ध लगाएत विभिन्न किसिममको कार्यकोलागि आवश्यक मिठाइ तथा खाना समेत अर्डन अनुसारको तयार गरिने उनको भनाई छ ।
साथै हेटौंडा आसपासका क्षेत्रमा निःशुल्क होम डेलिभरी गरिने र अर्डन गर्न शुल्क नलाग्ने नम्बरको व्यवस्था गरिएको सञ्चालक उप्रेतीले बताए ।








