बाल जागृतीमा युवा रेडक्रस सर्कल पुनर्गठन

अखबार हब
२०८० असार २८, बिहीबार १८:३६

मकवानपुर । बाल जागृती इङलिस सेकेन्डरी स्कुल, हेटौंडा–२ मा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरि विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा तथा बाल जागृती इङलिस सेकेन्डरी स्कुलका प्रीन्सिपल बिनोद सुबेदीको अध्यक्षमा भएकोे भलाले मनिक तिमल्सिनाको अध्यक्षमा ११ सदस्यीय बालजागृती युवा रेडक्रस सर्कल पुनर्गठन गरेको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला युनियर युवा समितीका सदस्य हिक्मत श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सचीव मोहनचन्द्र चौलागाईं, शिक्षक नायक सरु अधिकारी, शिक्षक निर्मला अर्यालले मन्तब्य ब्यक्त गरेका थिए ।

भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियरर युवा रेडक्रसको आवश्यकता र महत्व लगायतका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*