विपदबाट क्षति पुगेका कृषकलाई प्रदेश सरकारको राहत

अखबार हब
२०८० असार २८, बिहीबार १०:४५

मकवानपुर । बागमती प्रदेश सरकारले नेपालमा नै पहिलोपटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदवाट प्रभावित किसानलाई राहत रकम प्रदान गरेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैँया रकम वितरण गरेको हो ।

राहत रकम वितरणको लागि मन्त्रालयले गत वर्षको मंसिर २३ गतेका दिन सार्वजनिक सूचना मार्फत विपदवाट प्रभावित किसानलाई निवेदन पेश गर्न आव्हान गरेको थियो ।
मन्त्रालयका मन्त्री डा. राजेन्द्र मान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको विभिन्न मितिमा बसेको बैठकले ४१ जना किसानलाई १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैँया रकम वितरण गर्ने निर्णय गरेको थियो ।

काभ्रे जिल्लाको नोबेल कृषि फर्म, धुलिखेल–३, ५ लाख ७० हजार रुपैँया, हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्म, चौरीदेउराली–३ लाई ३६ हजार रुपैँया, दाजुभाई एकिकृत बहुउद्देश्य कृषि फार्म, पनौती–९ लाई ३५ हजार हजार , गैरि गाउँ कृषि तथा पशुपन्छी फार्म, पनौती–५ लाई ८ लाख २० हजार रुपैँया, टिम भिजन एग्रिकल्चर फार्म, पनौती–५ लाई १० लाख रुपैँया, श्रेष्ठ वंगुर फार्म, पनौती–१० लाई ९ लाख ६० हजार, उन्नति हाम्रो बंगुर फार्म, पनौती–१० लाई १० लाख रुपैँया, एस.एस. बंगुर माछा तथा कृषि फार्म, बनेपा–७ लाई १० लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

यसैगरि चितवन जिल्लाको पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रा.लि, भरतपुर–६ ले १० लाख, गोपी पशुपन्छी फर्म, इच्छाकामना–७ लाई १० लाख, गौशाला कृषि फर्म, खैरहनी–४, लाई ८ लाख ७० हजार, न्यु कर्माचार्य एकिकृत फर्म, खैरहनी–१ ले १० लाख, सिमलढाप कृषि व्यवसायिक फर्म, इच्छाकामना–७ लाई २ लाख, श्री कुमार चेपाङ, इच्छाकामना–७ लाई २ लाख, गुरुङ्ग एकिकृत पशुपन्छी पालन तथा वंगुर फर्म, रत्ननगर–११ लाई १ लाख ४० हजार, पौडेल एकिकृत पशुपन्छी मत्स्य तथा कृषि फर्म, रत्ननगर–९ ले ६ लाख २० हजार, श्री सियाना महतो, रत्ननगर–३ ले १० हजार, श्री सुकदेव धरेल, राप्ती–६ लाई १० हजार, श्री सावित्री कुमारी धरेल राप्ती–६, लाई ६ हजार १ सय २० र दण्डपाडी दनै, राप्ती–६, लाई  ११ हजार १ सय ६० राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी नुवाकोट जिल्लाको धादिङ कृषि फर्म, ककनी–२ लाई ३ लाख ८० हजार, एस.आर. बंगुर तथा पशुपन्छी फर्म, शिवपुरी–८ नुवाकोटलाई ७ लाख ३० हजार रुपैँया राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

पोकम कृषि बहुउद्देश्यीय प्रा.लि, सुर्यविनायक–७, भक्तपुरलाई १० लाख, त्रियोगा एग्रिकल्चर प्रा.लि, गोदावरी–७ ललितपुरलाई १० लाख, सुनाखरी पशुपालन तथा अर्गानिक तरकारी फार्म प्रा.ली, महालक्ष्मी–८, ललितपुरलाई १० लाख, श्री मंगली नेपाली, निलकण्ठ–७ धादिङले १० हजार, राम बहादुर रोक्का निलकण्ठ–७ लाई ४० हजार, एस.एस. पशु रागा फर्म तथा माछापालन, गोलाञ्जोर–६ सिन्धुलीलाई १ लाख ३० हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

मकवानपुर जिल्लाको एलिना बंगुर फर्म, हेटौंडा–११ लाई ३ लाख ९० हजार, सिमलथली बाख्रा फर्म, हेटौंडा–३ लाई १ लाख १३ हजार, श्री कल्पना घिमिरे, हेटौंडा–६ लाई १ लाख ३६ हजार ९ सय २०, श्री अम्बिका खतिवडा, हेटौंडा–६ लाई १० हजार ८०, श्री कृष्ण प्रसाद दंगाल, हेटौंडा–६, लाई १० हजार ८०, श्री किर्तिमान श्रेष्ठ, हेटौंडा–६ लाई १७ हजार ६ सय ४०, श्री प्रदिप थापा क्षेत्रि, हेटौंडा–१७ लाई ७५ हजार ६ सय, एकिकृत बस्ताकोटी कृषि फर्म, इन्द्रसरोवर लाई ४५ हजार १ सय ६०, अनुस्थ नर्सरी तथा व्यवसायिक तरकारी फर्म, हेटौंडा–६ लाई ३० हजार २ सय ४०, श्री पुष्पराज पराजुली हेटौंडा–६ लाई १० हजार ८० रुपैँया राहत रकम उपलब्ध गराउने निर्णय भएको छ । मान बहादुर तामाङ्ग, भिमेश्वर–९ दोलखाले १ लाख १० हजार तथा काठमाडौं चन्द्रागिरी न.पा.–२ का सन्देश महर्जनले २८ हजार राहत रुपैँया रकम पाउने भएका हुन् ।

स्वीकृत भएको राहत रकम किसानकै खाता जम्मा भईरहेको मन्त्रालयले जनाएको छ ।

राहत रकम वितरणको लागि आव २०७९/८० मा मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि,२०७९ स्वीकृत गरेको छ ।

राहत रकम प्राप्त गर्नको लागि किसानले निवेदनको साथै विपदको घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धीत स्थानीय तहको सिफारीस, सम्बन्धित कृषि ज्ञान केन्द्र/भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, बीमा नगरेको प्रमाण, कुनै निकायवाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले बताए । मन्त्रालयमा पेश भएको निवेदनलाई अध्ययन तथा निरीक्षण समितिले रकम सिफारीससहित राहत व्यवस्थापन तथा निर्देशन समितिमा पेश भएपश्चात स्वीकृत हुनेछ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले भने, “राहत वितरण कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयमा पहिला दर्ता हुने निवेदन उपर पहिलो कार्यवाही गर्ने गरेका छौं” । हाल मन्त्रालयमा ६ वटा नया निवेदन दर्ता भइसकेको छ भने ११ वटा निवेदनको कागजात चेकजाच सकेर निर्देशन समितिमा पेश हुने प्रक्रियामा रहेको छ ।

मन्त्रालयले आगामी आवकोे वार्षिक स्वीकृत कार्यक्रममा ५ करोड बजेट विनियोजन गरेको छ । यस आवमा राहत रकम वितरण हुन नसकेको निवेदनलाई आगामी आवमा सम्बोधन गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*