हेटौंडा बस दुर्घटना : घाइतेको पहिचान खुल्यो (नामावलीसहित)
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा बस दुर्घटना हुँदा घाइते भएका ५२ जनाको पहिचान खुलेको छ । घाइतेमध्ये केहीको हेटौंडा अस्प्ताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
केही भने अस्पतारबाट डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार गम्भीर घाइते भएका महोतरी जलेश्वर नगरपालिका १ बस्ने ३२ वर्षीय राकेश पाण्डेको भरतपुर रिफर गरिएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो १ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
घाइते हुनेहरूमा हेटौंडा १२ कल्याण टार बस्ने ३० बर्षका हस्त बहादुर घिमिरे, बुटवल ७ बस्ने ५० बर्षीय मोहन गुरूङ र उनको ४० बर्षीया श्रीमती धन कुमारी गुरुङ, सर्लाही बरथवा न.पा.७ का ७० बर्षीया शुभकान्त मिश्र रहेका छन् ।
यस्तै, महोत्तरी बलवा ५ बस्ने बर्ष ७२ को हितलाल बैठा र उनका २४ बर्षीया छोरा २४ ज्ञान कुमार बैठा, बारा कोल्हबी नगरपालिका ५ सखुवा टोल बस्ने बर्ष ३८ को सारदा संकर चौधरी रहेका छन् ।
रौतहट बिन्द्राबन नगरपालिका ४ सखुवा बस्ने बर्ष ३२ संजय पटेल सिन्धुुली तिनपाटन गाउँपालिका ८ छरछरेका ७३ बर्षका कृष्ण बहादुर बैजु, उनका भतिज ३० बर्षीय जोकेन्द्र बैजु, चितवन भरतपुर १२ गोल बजारका ७४ बर्षीया राजेन्द्र प्रसाद चापागाइंर्, रौतहट कटहरिया ३ का ३५ बर्षीया संजय यादव, सोही स्थानका धर्वेन्द्र यादव, उपेन्द्र यादव रहेका छन् ।
यस्तै, सर्लाही बागमती नगरपालिका ११ पुतली चोक बस्ने ४५ बर्षीया मान बहादुर थिङ, हरिमाया थिङ, ।सर्लाही लालबन्दीका ५० बर्षीया मान बहादुर घिसिङ, रौतहट चपुर ९ की २८ बर्षीया मन्जु महत्तो, उनका छोरा एडिसन चौधरी रहेका छन्। रौतहटका राजेस माली, विरगंजका राहुल यादव, सर्लाहीका ननिता देबी राज, ।सुनसरी रामधुनि ९ मरचैयाकी कविता चौधरी र उनकी छोरी दिबियाका चौधरी रहेका छन् ।
सर्लाही कवलासी हेम्पोका चेतन यादब, सोही स्थानका लाल बाबु राय, फेकुरा यादव, रमेश कुमार यादव रहेका छन्। काठमाण्डौंको बल्खु बस्ने हरिहर सापकोटा, उनको श्रीमती धनलक्ष्मी शिवाकोटी सापकोटा, हेटौंडा ३ का बिनोद कुमार मिश्र, बिरगंजका दिपक कुमार कलुवार, नवलपुर गैडाकोट ७ बस्ने केश बहादुर कुमाल, उनको श्रीमती बिनु कुमाल पनि घाइते भएका छन् ।
रौतहटका दिनेश पटेल सोही स्थानका विवेक पटेल, सर्लाही हरिवनका बिरेन्द्र महतो, चन्दन महतो, रौतहट बृद्रावन ४ का हरेन्द्र राउत कुर्मी, सप्तरी राजविराज १ का सिनु कुमार राम, मवानपुर मनहरि ९ का हन्ना गोले र उनका ३ बर्षीया छोरा सहन मोक्तान, चितवन माडि ३ का रुपेन्द्र पादे रहेका छन् ।
यस्तै, भोजपुरका २८ बर्षीया समित तामाङ, काठमाण्डौं ४ टोका बस्ने निश्चल वनजाडे, सिन्धुली मरिन ३ बस्ने वर्ष ४० को पदम बहादुर मोक्तान,सोही स्थानका २० बर्षीय अमर तामाङ, सरोज मोक्तान, बाराका उपेन्द्र यादब, सर्लाही भर्तवा ७ बस्न ३८ वर्षका अवदेश मिश्र र रौतहट चन्द्रपुर बस्र्ने ४० बर्षकी लक्ष्मी शाह रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था समान्य रहेको बताइएको छ ।







