कोशिसको मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

अखबार हब
२०८० असार १५, शुक्रबार १६:५७

मकवानपुर । मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिस) ले स्व –हेरचाह सम्बन्धी अभिमुखीकरण गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित आकासेधारामा कोशिसले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्यको उपचार गरि फर्किएका परिवारका सदस्यहरु तथा कारागारका कैदीबन्दीहरु, सेफ हाउस, अनाथ बालगृह, बालमन्दिर, न्यायिक समिति, वडा कार्यालयका प्रतिनिधि, स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मीसमेत समुदायका ३५ जना सहभागी  रहेका थिए ।

अभिमुखीकरणको केशिसकी केन्द्रीय प्रतिनिधि मन्जु क्षेत्री, बागमती प्रदेश सामाजिक अभियान्ता शकुन्तला पौडेलले सहजीकरण गरेका थिए । मानसिक स्वास्थ्य समस्यामा भएका व्यक्तिहरूलाई पारिवारिक हेरचाह कसरी गर्ने र यसको उपचार बारे जानकारी दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको सहजकर्ता सकुन्तला पौडेलले जानकारी दिइन् ।

त्यसैगरी बुधबार हेटौंडा अस्पतालमा कोशिसले गर्दै आएको काम र स्थानीय तहमा बढ्दो मानसिक स्वास्थ्य सम्बन्धी समस्या कसरी कम गर्ने भन्ने विषयमा छलफलको आयोजना गरिएको थियो ।

छलफलमा स्थानीय जनप्रतिनिधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले मानसिक स्वास्थ्यमा देखिएको विकराल स्थितिलाई न्यूनिकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*