माध्यामिक तहका विद्यार्थीलाई पालुङ जेसीसको प्रशिक्षण
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका अन्तरगत माध्यामिक तह अध्ययनरत विद्यार्थीलाई पालङ जेसीसले जीवन उपयोगी सिप र अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार जनकल्याण मावि थाहा नगरको सहकार्यमा जेसीस हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जनकल्याण मावि पालुङ, पालुङ मोर्डन ईङ्लिस मिडियम स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, झंकेश्वरी मावि र हिमालयन ईङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका ३ सय ८५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३ का कोषाध्यक्ष माधव कार्कीले जानकारी दिए ।
कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजय कार्कीको संयोजकत्वमा भएको थियो ।
पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रम थाहा नगरपालिकाका उपप्रमुख तथा पालुङ जेसीज बर्ष २००८ का अध्यक्ष भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, पालुङ जेसीजका पूर्व अध्यक्षहरु सानोभाई कार्की, सुरेन्द्रमान प्रधान, धर्मलाल प्रधान, मनोज रायमाझी, हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्की लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, उपाध्यक्ष अजित कार्की लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
साथै सोही अवसरमा सातौं एसियन गोजुरियो कराते प्रतियोगितामा थाहा नगरपालिकाबाट सहभागी ५ स्वर्ण, २ रजत र २ कास्य पदक विजेता खेलाडी र प्रशिक्षक तथा निर्णायक मानसिङ दोङलाई सम्मान समेत गरिएको थियो ।







