हेटौंडामा २५ मिटर भत्काउन रास्वपा मकवानपुरको साथ

अखबार हब
२०८० असार १०, आईतवार २१:०१

मकवानपुर । लामो सयम सेलाएको हेटौंडाको मुख्यबजार भत्कायर फराकिलो बनाउने विषय फेरी एक पटक चर्चामा आएको छ ।

हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले आज फेरी सूचना जारी गरेसँगै यो विषयले पुनः चर्चा पाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले पुर्ब पश्चिम राजमार्ग सडकको दायाँ बायाँ २५/२५ मिटर सडक बिस्तार गर्ने सडक डिभिजनको निणर्यको स्वागत गरेको छ । विभिन्न व्यापारिक संघ संस्थाले यस विषयको विरोध गरिरहँदा रास्वपा मकवानपुरले भने यसको स्वागत गरेको हो ।

रास्वपा मकवानपुरका संयोजक भरत पराजुलीले सामाजिक सञ्जाल फेसबुक मार्फत डिभिजन कार्यलयको निर्णयमा समर्थन जनाएका हुन् । उनले भनेका छन्–  ‘बिनास नभइ विकास हुँदैन । डिभिजन सडक हेटौंडाद्वारा जारी गरिएको राष्ट्रिय राजमार्गका अतिक्रमण हटाउने बारे निकालेको सूचना स्वागतयोग्य छ । हाम्रो पहिलेदेखि यस विषयलाई प्राथमिकताको सूचीमा राखेका थियौं । विगतमा राजनीतिक पहुँचको आधारमा विकासको काममा अवरोध गर्दै आएको प्रस्ट छ । बागमती प्रदेशको राजधानी भएतापनी साघुरो सडक र पर्याप्त भौतिक पूर्वाधार नहुँदा हेटौंडा विकसित हुन सकेको छैन् । विकास निर्माणको कार्यमा सबैले आआफ्नो तहबाट सहयोग पु¥याउनहुन् हार्दिक अनुरोध समेत गर्दछु ।’

यसअघि हेटौंडा बजार भत्काउन सुरु गरेपछि यहाँका केही घरधनीले अदालतमा रिट दायर गरेपछि अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्दामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनी उत्प्रेषण आदेश दिएको थियो ।

अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*