वक्तित्वकला प्रतियोगितामा रिया बिष्ट प्रथम

अखबार हब
२०८० असार १०, आईतवार ०८:०९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका को सहयोग तथा ९ नं. वडा स्तरिय बाल संजालको आयोजनामा भएको ‘बालबिवाह अन्त्यमा बालबालिकाको भुमिका’ बिषयक वक्तित्वकला प्रतियोगितामा सुन्दर सपना भविष्य केन्द्र बाल समुहकि अध्यक्ष रिया बिष्ट प्रथम भएकि छिन ।

कशिस बाल समुहका आयुष सिंह दोश्रो,त्रिबेणि आधारभुत बिद्यालयका धावा रुम्बा तेश्रो र मदन बाल समुहकि समृद्धि गौतमले सान्त्वना पुरस्कार हात पारेकी छिन् ।

वडा स्तरिय बाल संजालकी अध्यक्ष अभिप्सा पौडेल को सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष बिष्णु बहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बालमैत्री वडा सम्पर्क ब्यक्ति कमला पौडेल,बालमैत्री वडा सहजकर्ता आसिस खतिवडा र बालमैत्री वडा समिति का सदस्य नवराज कोइराला ले निर्णायक को भुमिका निर्वाह गर्नुभएको थियो ।

प्रतियोगितामा वडा भित्रका टोल स्तरिय र बिद्यालय स्तरिय बाल समुहको एक एक जना प्रतियोगिहरुको सहभागिता रहेका थियो।

प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना स्थान हासिल गर्ने बिजेताहरुले क्रमस नगद दुइ हजार पन्ध्र सय एक हजार र पाँच सय प्राप्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेटौंडा ९ का कार्यवाहक वडा अध्यक्ष बिष्णु बहादुर मगरले नौ नम्बर वडालाइ पहिलो बालमैत्री वडा बनाउन लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पुर्ण लाई आ–आफ्नो स्थानबाट यो अभियानलाई सफल बनाउन लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा बालमैत्री सम्पर्क ब्यक्ति एवं वडा सदस्य कमला पौडेल बालमैत्री वडा सहजकर्ता आसिस खतिवडा, बालमैत्री वडा समितिका सदस्य नवराज कोइराला,टोल बिकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपानेको आतिथ्यता रहेको थियो ।

कार्यक्रम वडा स्तरिय बाल संजालका सचिव संगम लामिछानेले संचालन गरेका थिए भने स्वागत मन्तव्य बाल संजालकी उपाध्यक्ष मानुषी कोइरालाले राखेकी थिइन।

यसमा तपाइको मत

Your email address will not be published.


*