हेटौंडा–३ का विद्यार्थीलाई निःशुल्क कापी वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको बाल उज्ज्वल माविका आधारभुत तहमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री (कापी) वितरण गरिएको छ ।
शुक्रबार युनिलिभर नेपालको आर्थिक सहयोग र हेटौंडा –३ को सहकार्यमा ५ लाख बराबरको विषयगत कापी वितरण गरिएको हो ।
वडामा रहेको दुई वटा विद्यालयका ५ सम्म अध्ययनरत करिब ७ सय विद्यार्थीलाई सहयोग गरिने वडाध्यक्ष ढलक बहादुर थापाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य कुमार बलको सभाध्यक्षमा भएको कार्यक्रममा वडाध्यक्ष ढकालको प्रमुख आतिथ्यता रहेको थियो । अभिभावकको रोबरमा विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो ।
कार्यक्रम मा सम्पूर्ण बालबालिका को अभिभावक सहित को रोबरमा विषयगत कापी बितरण गरिएको थियो । विद्यालयमा अघिल्लो वर्ष देखि अंग्रेजी माध्यममा कक्षा सञ्चालन भइरहेको छ ।







