रास्वपाको मकवानपुरमा सप्ताहव्यापी कार्यक्रम
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ ।
पार्टी स्थापना भएको पहिलो वर्षको अवसरमा केन्द्रीय निर्देशन बमोजिम साताव्यापी कार्यक्रमको आयोजना गरेको हो ।
साताव्यापी कार्यक्रम अन्तर्गत आज पार्टीले हेटौंडा अस्पताल परिसर सरसफाइ गरेको छ । करिब एक सय जनाको समुहले अस्पताल परिसर सफा गरेको पार्टीका जिल्ला संयोजक भरत पराजुलीले जानकारी दिए ।
असार १ गते बाट सुरु भएको कार्यक्रम अन्तर्गत पहिलो दिन हेटौंडा अस्पताल परिसरमा बिरुवा रोपन गरेको थियो, भने दोस्रो दिन हेटौंडा ३/१९ नम्बर वडामा संगठन विस्तार गरिएको पराजुलीले बताए ।
त्यसै गरि भोली (सोमवार) जिल्लाका विभिन्न स्थानमा पार्टीको आन्तरिक छलफल नागरिक भेटघाट, पाचौँ दिन हेटौंडाको बुद्ध चोक स्थित वृहत रक्तदान कार्यक्रम र छैठौं दिन पार्टीको आन्तरिक कार्यक्रम रहेको उनले बताए ।
अन्तिम दिन बिहान शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम र साँझ ¥यालिसहित बुद्ध चोकमा ७७ पटक घण्टी बजाएर कार्यक्रमको समापन गरिने उनले बताए ।







