उपभोक्ता मन्च मकवानपुरको अध्यक्षमा अधिकारी
मकवानपुर । उपभोक्ता मन्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको मन्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मन्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधिर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ अधिकारी, श्यामलाल दुलाल, सकुन्तला ब्लोन, इश्वरी सिंह ठकुरी, लक्ष्मी श्रेष्ठ र श्रवण सुनार रहेका छन् ।
उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा अधिवेशन भएको हो । अध्यक्षमा चयन भएका अधिकारीले उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । व्यापार व्यवसायमा आवद्ध भएकाहरुले उपभोक्ताको अधिकारलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो । संस्थागत एवम् उपभोक्ताको हितमा योजनाबद्ध रुपमा अघि बढ्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए । जिल्ला अधिवेशनसँगै शनिबार उपभोक्ता मन्चको केन्द्रीय महाधिवेशन समेत हेटौंडामा भएको थियो । महाधिवेशनबाट मकवानपुरका निवर्तमान अध्यक्ष कुमार पौडेल केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।







