ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राधिकरणलाई मन्त्री श्रेष्ठको आग्रह

अखबार हब
२०८० असार २, शनिबार १६:४२

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले नेपाल दुरसञ्चार प्राधिकरणको सेवा ग्रामिण भेगमा विस्तार गर्नु पर्ने बताएका छन् ।

नेपाल दुसञ्चार प्राधिकरणले शनिवार हेटौंडामा आयोजना गरेको दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

टेलिकमले नाफा घाटा भन्दा पनि सेवा प्रदानमा ध्यान दिनु पर्ने बताउँदै ग्रामिण क्षेत्रमा सेवालाई थप गरि सहरी क्षेत्रमा सेवा भरपर्दो बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ तथा व्यवस्थापन नियमावली ०७६ बनेको बताए । आगामी आवमा सुचना र सञ्चारको सुरक्षित प्रयोग र साइबर अपराध न्यूनीकरणका लागि विशेष कार्यक्रम गरिने बताउँदै मन्त्री श्रेष्ठले नागरिकको सुचना नागरिक समक्ष पु¥याउन प्रदेश सुचना बैंकको विस्तार गरिने समेत बताए ।

प्रदेशमा सुचना प्रविधि तथा इन्टरनेट सम्बन्धी दर्ता, सञ्चालन र नियमन गर्न छुट्टै कानून नभएकोले कानून निर्माण गर्न आवश्यक रहेको बताए । प्रायः सबै अधिकार संघीय सरकारसँग रहेकाले केही अधिकारहरुमा तारमुक्त गर्न सकिने, स्वनियमन, नियमन र आवश्यक पर्दा नियन्त्रण गर्न सरकार लाग्ने बताए ।

प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल दुरसञ्चार हेटौंडाका वरिष्ठ प्राविधिक पवन कुमार कर्ण, जिल्ला बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, उपभोक्ता मञ्च नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल, गैसस महासंघ मकवानपुरका सहसचिव गोकर्ण तिवारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम, मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायत सञ्चारकर्मी तथा दुर सञ्चार प्रदायक संस्थाहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*