विकासको लागि सामाजिक अभियान आवश्यक: वडा अध्यक्ष सिग्देल
मकवानपुर । विकासकाे लागि सामाजिक अभियान आवश्यक रहेकाे हेटाैँडा ४ नं. का वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । काेशिस मानसिक स्वास्थ्य स्वाभलम्बन संगठनद्वार आयाेजित तथा सामाजिक अभियान सञ्जाल, हेटाैँडा ४ काे समन्वयमा भएकाे कार्यक्रममा मानवीय विकासकाे एउटा अंग मात्र भाैतिक विकास भएकाेले विकासमा शैक्षिक, स्वास्थ्य, राेजगारी, उत्पादन, वातावरण संरक्षण लगायतकाे क्रियाकलाप आवश्यक रहेकाे वडा अध्यक्ष सिग्देलले बताउनु भयाे ।
सामुदायिक महिला स्वयम् सेविकाहरूलाई मानसिक स्वास्थ्य, मनाेसामाजिक अपाङ्गता र साथीसंङ्गी समूह छलफल कार्यक्रम भएकाे छ । कार्यक्रममा गैसस मकवानपुरकी उपाध्यक्ष कुमारी वाईवा, सामाजिक अभियान सञ्जाल हेटाैँडा ४ कि अध्यक्ष माया लामा, माेहन बज्रचार्य शहरी स्वास्थ्य केन्द्रकि प्रमुख निर्मला ब्लाेनकाे आथित्यता रहेकाे थियाे भने काेशिसकी यु माया थापाले कार्यक्रमकाे सहजीकरण गर्नु भएकाे थियाे ।
हेटाैँडा ४ नं. वडाकाे सभाहलमा भएकाे कार्यक्रम ४, ५, ६, ८ र १३ नं. वडाका २५ जना स्वास्थ्य स्वयम् सेविकाकाे उपस्थिति रहेकाे काेशिसकी प्रतिनिधि शकुन्तला पाैडेलले जानकारी दिनुभयाे ।







