कैलाशबाट ५११ केजी गाँजासहित दुइ जना पक्राउ

अखबार हब
२०८० बैशाख २०, बुधबार १३:४३

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागू औषध गाँजा सहित दुइ जना पक्राउ परेका छन् । ५ सय ११ केजी गाँजा सहित आज बिहान प्रहरीले दुइ जनालाई पक्राउ गरेको हो । कुटुन्जेका ४२ वर्षिय राधाकृष्ण रिजाल र ३८ वर्षिय उत्तम रिजालको घरबाट प्रहरीले ठुलो परिमाणमा गाँजा फेला पारेको हो ।

प्रहरीले लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक दिपक केसीको कमाण्डमा २६ जनाको प्रहरी टोली खटी गई खानतलासी गर्दा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।

प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा १८४ किलो १०० ग्राम र नगद ५५, हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा ३२७ किलो ८०० ग्राम गाँजा फेला पारेको हो । दुबै जनालाई पक्राउ गरी अनुस।धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*