रास्वपा हेटौंडा–११ को नेतृत्वमा सुवोध सुवेदी

अखबार हब
२०८० बैशाख १६, शनिबार १७:४४

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा–११ नम्बर वडा समितिको अध्यक्षमा सुवोध सुवेदी चयन भएका छन् ।

शनिवार भएको वडा भेलाले सुवेदीको नेतृत्वमा ११ सदस्य वडा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्रबहादुर डंगोल, सचिव सन्तोष खत्री, कोषाध्यक्षमा शान्ति थापा विडारी चयन भएका छन् ।

पार्टी नगर सभापति ध्रवबहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला जिल्ला संयोजक भरत पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर सह–संयोजक प्रकाश गौतम, नेता टाकाराज थापा, नगर सचिव प्रेम लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*