सामाजिक रूपान्तरणमा युवाकाे भूमिका महत्वपूर्ण: सचिव सिग्देल

अखबार हब
२०८० बैशाख ९, शनिबार २०:५४

मकवानपुर । नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले सामाजिक रूपान्तरणमा युवाहरूकाे महत्वपूर्ण भूमिका हुने बताउनु भएकाे छ ।

राष्ट्रिय युवा संघ, नेपालकाे हेटाैँडा १३ नं. वडाकाे भेलामा बाेल्दै उहाँले युवा समुदाय सचेत समुदाय भएकाेले सामाजिक रूपान्तरणद्वारा विकास र समृद्वि हासिल गर्न सकिने भएकाेले युवाहरू उत्पादनसंग जाेडिदै राजनीति र सामाजिक अभियानमा जाेडिन पर्ने बताउँनु भयाे ।

भेलाले संयाेजक राजेन्द्र घिसिङ्ग, सचिव जग्गनाथ पाैडेल रहेकाे १७ सदस्यीय वडा सम्मेलन आयाेजक कमिटी गठन गरेकाे छ । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य ईन्द्रप्रसाद नेपालले पार्टी नेता र कार्यकर्ता एकताबद्व भए नेकपा एमालेले देश र जनताकाे हित हुने र हरेक परिवर्तनमा युवाकाे महत्वपूर्ण भूमिका रहेकाे बताउनु भयाे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य सानू लामा, सुनिल लाेप्चन, १३ नं. वडा निर्वाचित अध्यक्ष पेम्बा लामा, राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य दिलकुमारी घर्ती, प्रकाश लामा, जिल्ला युथ फाेर्स प्रमुख प्रकाश सुवेदी, जिल्ला सचिवालय सदस्य सविन लामा, पार्टी नगर सचिवालय सदस्य अभिजित श्रेष्ठ, नगर सदस्य केदार गाैतम, पार्टी वडा अध्यक्ष भीमबहादुर थिङ्गलगायत उपस्थिति रहेकाे कार्यक्रमकाे सुनिल पाैडेलकाे अध्यक्षता भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*