मुख्यमन्त्री जम्कट्टेलसँग मनाए मुश्लिम समुदायले ईद
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ईद पर्वको अवसरमा मुश्लिम समुदायलाई शुभकामना ब्यक्त गरेका छन् । मकवानपुरका मुश्लिम समुदायका अग्रजहरुसँग ईद पर्वको भेटमा उनले शुभकामना ब्यक्त गरेका हुन् ।
‘सबै धर्म, समुदायप्रति प्रदेश सरकार समान ब्यवहार गर्दछ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘मुश्लिम समुदायको धर्म संस्कृतिको प्रवर्धन र समुदायको समस्याहरु सम्बोधनको लागि सरकार प्रतिबद्ध छ ।’ जामे मश्जिदका अध्यक्ष जोवेद हुसेन, दारुल कुरान मदरसाका अध्यक्ष सलिम मिया, उपाध्यक्ष जब्स मिया, सचिव जुनेजु मिया लगायत मुश्लिम समुदायका प्रतिनिधिहरुसँग मुख्यमन्त्री जम्कट्टेलसँग मुख्यमन्त्री निवास, हेटौंडामा भेटेर शुभकामना ब्यक्त गरेका हुन् ।
ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसंगै मनाइन्छ ।







