विकास प्रविधि मैत्री हुनुपर्ने: वडा अध्यक्ष सिग्देल

अखबार हब
२०७९ चैत्र २८, मंगलवार १६:२८

मकवानपुर । हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले अबकाे विकास प्रविधि मैत्री हुनपर्ने बताउनु भयाे ।

जीभ करिअर ईष्टिच्युट प्रा.लि.काे आयाेजना, व्यवसायिक सीप विकास तालिम  केन्द्र, भैसेपाटी ललितपुरकाे सहयाेग तथा बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालिकाे समन्वयमा सञ्चालित माेवाईल फाेन मर्मत तालिमकाे उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष सिग्देलले आजकाे युग प्रतिस्पर्धी युग भएकाेले विकासमा प्रविधिलाई जाेड्नु पर्ने र यस्ता तालिमले प्रविधिकाे प्रयाेगकाे प्रवर्द्वन गर्नुका साथै सीपले राेजगारीकाे सृजना गर्न, आत्मनिर्भर र व्यवसायिक बनाउन मदत गरेकाे बताउनु भयाे । उहाँले प्रविधिकाे प्रयाेग र प्रवर्द्वनमा सबै तहकाे सरकारकाे ध्यान जानुपर्ने र स्थानीय सरकारकाे भूमिका महत्वपूर्ण हुने बताउनु भयाे ।

हेटाैँडा ४ स्कुलराेड स्थित प्रालिकाे कार्यालयमा ६५ दिनसम्म सञ्चालित हुने माेवाईल फाेन मर्मत तालिममा २० जनाकाे सहभागीता रहेकाे छ । बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालीका सञ्चालक शिव श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मकवानपुर माेवाईल एसाेसिएसनका अध्यक्ष नवराज चाैलागाई, प्रशिक्षक उद्वव घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*