वडा अध्यक्ष सिग्देलसहितकाे टाेली सचेतना लागि घरदैलाेमा

अखबार हब
२०७९ चैत्र २७, सोमबार १७:०७

मकवानपुर । हेटाैँडा ४ का  वडा अध्यक्ष नवीन सिग्देलसहितकाे टाेलीले शैक्षिक संस्था क्षेत्र १ सय मिटर वरिपरी मध्यपान र धुम्रपान विक्री वितरण नगर्न हात जाेड्दै अनुराेध गर्दै घरदैलाे गरेकाे छ ।

श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदाेय मावि, हेटाैँडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविकाे क्षेत्रमा साेमबार सचेतना स्वरूप घरदैलाे गरिएकाे हाे ।

घरदैलाेकाे क्रममा बाल श्रम, लैङ्गीक हिंसा, लागूऔषतविरूद्व स्टिकर समेत विभिन्न स्थानमा टाँसिएकाे थियाे ।  विध्यालय क्षेत्र वरिपरि  मध्यपान र धुम्रपान मुक्त बनाउनु, विध्यालयलाई शान्ति क्षेत्र बनाउनु र लागू औषत, लैङ्गिक हिंसा, वालश्रम विरूद्व अभियान रहेकाे वडा अध्यक्ष सिग्देलले बताउनु भयाे ।

कार्यक्रममा जनप्रतिनिधिहरू, टाेल विकासका प्रतिनिधिहरू, महिला तथा बालवालिका सराेकार केन्द्र, सामाजिक अभियान सञ्जाल हेटाैँडा ४, नेपाल प्रहरी, विध्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक, विध्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा वडा सदस्य जग्गनाथ पाण्डे, सामाजिक अभियान सञ्जाल, हेटाैँडा ४ की अध्यक्ष माया लामा, टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा ४ काे संयाेजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटाैँडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, उपप्रमुख अर्पण पराजुली, महिला तथा वालवालिका सराेकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरू सिलवाललगायतकाे सहभागीता रहेकाे वडा सचिव टीका कंडेलले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*