हुप्र चौर सरसफाइ अभियानमा हेटौंडा– ४
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको कार्यालयले लोकतान्त्रिक चौर (हुप्र) को वृहत सरसफाइ अभियानको थालनी गरेको छ । ‘हाम्रो हुप्र, राम्रो हुप्र– सफा हुप्र, सुन्दर हुप्र’ भन्ने मुल नाराका साथ आज एक औपचारिक कार्यक्रमको आयोजना गरि हुप्र सरसफाइ अभियानको थालनी गरिएको हो ।
वडा कार्यालयको नेतृत्वमा टोल विकास संस्थाहरू, जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संगठनहरू, सामाजिक अभियान सञ्जाल, हेटौँडा ४, गैर सरकारी संस्थाहरू, रोटरी, लायन, जेसीज, पताञ्जली योग समिति, मकवानपुर, हिमालयन राइटस्, भेटान्स क्लब, हेटौँडा ४ लगायतका संस्थाहरूको सहयोगमा बृहत् सरसफाइ कार्यक्रम भएको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
यस अभियानलाई निरन्तरता दिन र हुप्रलाई सफा सुन्दर बनाउनको लागि स्मार्ट बागमती नामक संस्थासँग ४ लाख ९३ हजारमा आगामी आषाढ मसान्त सम्म ठेक्का सम्झौता गरिएको उनले बताए ।







