सामाजिक अभियानको लागि सञ्जाल परिचालन हुने

अखबार हब
२०७९ चैत्र ११, शनिबार ११:१४

मकवानपुर । विभिन्न १८ वटा गैरसरकारी संस्थाहरूको प्रतिनिधिहरूको भेलाले सामाजिक अभियान सञ्जाल हेटौँडा – ४ गठन गरिएको छ । संस्थाहरूको भेलाले अध्यक्ष माया लामा, सचिव जेरोम घले र कोषाध्यक्ष कमला सुवेदी रहनु भएको १५ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको संरक्षक ४ नं . वडा अध्यक्ष नवीन सिग्देल, सल्लाहकारमा आरती पाठक, सरस्वती वर्तौला र किरण थापा रहनु भएको छ ।

अध्यक्ष माया लामाको अध्यक्षता तथा सञ्जालका संरक्षक नवीन सिग्देलको उपस्थितिमा शुक्रबार बसेको प्रथम बैठकले लैङ्गीक हिंसा, लागूऔषत, एचआईभी, सामाजिक मनोविज्ञानको कारण देखिएको समस्या(आत्महत्या), साईबर क्राईमको विरूद्व अभियान चलाउने र वडामा सरसफाई अभियानलाई प्रमुखता दिईने निर्णय गरेको छ । सञ्जाल गठन गर्नुको उदेश्य समुदायको परिचालनद्वारा समाजमा देखिएका समस्याहरू न्यूनीकरण गर्नुरहेको हेटौँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । उहाँले भौतिक विकासले मात्र मानवीय विकास सम्भव नभएकोले सामाजिक विकासको लागि समाजमा देखिएका विभेद, अन्धविश्वास, हिंसा, विकृति विसंगती अन्त्यसंगै शिक्षा, स्वास्थ्य, वातावरण र रोजगारीको सृजनालाई प्राथमिकता दिईने बताउनु भयो ।

वडामा रहेका विभिन्न संस्थाहरू टोल विकास संस्था, आमा समूह, महिला जागरण समूह, युवा क्लब, बाल क्लब, जेष्ठ नागरिक समिति, एकल महिला समिति, विध्यालय व्यवस्थापन समिति तथा सहकारीहरूको समन्वयात्मक परिचालनद्वारा सामाजिक अभियान सञ्चालन गरिने वडा अध्यक्ष नवीन सिग्देलको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*