हेटौंडा-४ को हाजिर जवाफमा सफल आमा समूह प्रथम
अखबार हब
२०७९ फाल्गुन २३, मंगलवार २०:२४

मकवानपुर । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे आयाेजना तथा माेहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्रकाे व्यवस्थापनमा १ सय १३ औ अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा वडास्तरीय अन्तर स्वास्थ्य आमा समूहबीच हाजिरी जवाफ प्रतियाेगिता भएकाे छ ।

प्रतियाेगितामा सफल, श्रमिक, जाल्पादेवी, पञ्चकन्या र प्रगती क्रमस: प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् । प्रथम पुरस्कार ७ हजार, द्वितीय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार, सान्त्वना १ हजार तथा प्रमाण पत्र रहेकाे थियाे । सफल, जाल्पादेवी, श्रमिक, पञ्चकन्या र प्रगती गरि ५ वटा आमा समूह सहभागी रहेकाे माेहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्र, हेटाैँडा ४ का प्रमुख निर्मला ब्लाेनले बताउनु भयाे । वडा सदस्य गीता त्रिपाठीकाे सभाध्यक्षता भएकाे कार्यक्रममा प्रमुख अथिति बाग्मती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठले नारी दिवसकाे औचित्य बारे प्रष्ट पार्नु भयाे । ४ नं.  वडा अध्यक्ष नवीन सिग्देलले भाैतिक विकासकाे साथै मानवीय विकासकाे लागि अतिरिक्त क्रियाकलापकाे आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा वडा सदस्यहरू जनरल श्रेष्ठ, जग्गनाथ पाण्डे, ५ नं.  वडा सदस्य रञ्जिता सिलवाल, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, महिला जागरण समूहकका अध्यक्ष राधिका चाैलागाईँ, सृजनशिल नेपालका अध्यक्ष शान्ता वराललगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*