हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको १–१ लाख
मकवानपुर । हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १–१ लाख दिने बागमती प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको छ ।
मङ्गलबार बसेको मन्त्री परिषदको बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मनहरी ४ मकवानपुरकी ६४ बर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र कमलामाई १३ सिन्धुलीका ४० बर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरुप १–१ लाख दिने निर्णय गरेको प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
अधिकारीको ८ गते, माझिको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
यसैगरी आज नै बसेको मन्त्री परिषद् बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोख्रेलले दिएको राजिनामा पनि स्वीकृत गरेको प्रवक्ता मन्त्री थपलियाले जानकारी दिनुभयो ।







