मन्त्री श्रेष्ठद्वारा हेटौँडाको यातायात कार्यालय तथा ट्रायल सेन्टरको अनुगमन
मकवानपुर। बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडामा रहेको यातायात कार्यालय तथा ट्रायल सेन्टरको अनुगमन, निरिक्षण गरेका छन् ।
बागमती प्रदेशमा सबारी चालक अनुमतिको लागि ७० अंकभार लागु भएपछि मन्त्री श्रेष्ठले बुधबार हेटौँडा–११ थानाभर्याङमा रहेको यातायात ब्यवस्था कार्यालय तथा हेटौँडा ११ बागथलीमा रहेको ट्रायल सेन्टरको अनुगमन तथा निरिक्षण गरेका हुन् । अनगुमनको क्रममा मन्त्री श्रेष्ठले ७० प्रतिशत सुरुवात भएसँगै सामान्य त्रुटीको कारण परिक्षामा फेल हुने अवस्थाको अन्त्य भएको धारणा ब्यक्त गरे । यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालय अघि बढेको भन्दै यातायात क्षेत्रमा रहेका समस्यालाई समाधान गर्ने विषय आफुहरुको प्राथमिकतामा रहेको बताए ।
बागमती प्रदेशमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयबाट मंगलबारबाटै ७० प्रतिशत ल्याएमा उर्तिण हुने प्रावधानको सुरुवात भएको छ ।







