राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउने

अखबार हब
२०७९ फाल्गुन ३, बुधबार १२:४०

मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् । हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन कार्यक्रममा सहभागि हुनको लागि राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौँडा आउने भएकी हुन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिनमा रहेको अस्पतालको नयाँ भवन उद्घाटन राष्ट्रपति भण्डारीद्वारा हुने कार्यक्रम तय भएपछि राष्ट्रपति भण्डारी हेटौँडा आउने भएकी हुन् । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको पहलमा राष्ट्रपति भण्डारी हेटौँडा आउने भएकी हुन् ।

३४ करोड रुपैयाँ लागतमा अस्पतालको नव निर्मित भवन निर्माणको उद्घाटनको लागि राष्ट्रपति भण्डारी फागुन ९ गते पौने १२ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले वताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*