मेयर लामाको कार्यकक्षमै पत्रकार सुनारमाथि स्वकीय सचिव विडारीको दुुब्र्यवहार

अखबार हब
२०७९ माघ १२, बिहीबार २०:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाको आदेश भन्दै कार्यकक्षमै स्वकीय सचिव रुपा विडारीले पत्रकार संजिव सुनारमाथि दुुब्र्यवहार गरेकी छिन् ।

हेटौंडा पिप्लेका युवाहरुको एक समूहले बिहीबार नगर प्रमुख लामासहित उपमेयर लगायतलाई ज्ञापन पत्र बुझाउने क्रममा उनीहरुकै बोलावटमा हेटौंडा उपमहानगरपालिकाको कार्यालय पुगेका सुनारमाथि मेयर लामाको आदेश भन्दै सचिवालयका कर्मचारी विडारीबाट दुुब्र्यवहार भएको हो ।

ज्ञापन पत्रको भिडियो खिचिरहेको अवस्थामा कसेको आदेशले किन भिडियो बनाएको भन्दै मेयर लामाकी स्वकीय सचिव बिडारी सहितको टोलीले दुब्र्यवहार गरेको हो ।

आफूले खिचेको भिडियो समेत बिडारीले आफूपनि पहिला पत्रकार भएको भन्दै डिलिट गर्नका लागि आदेश दिएपनि आफूले नमानेको पत्रकार सुनारले बताए । संचारकर्मीमाथि मेयरको सचिवालयबाट नै दुुब्र्यवहार भएको देखेर ज्ञापन पत्र बुझाउन पुगेका युवाहरु भने छक्क परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*